• १८ असोज २०८३, आइतबार
  • ५ः५४ बेलुका

आईपीएल : मुम्बई इन्डियन्सको जित

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०६:५०

३० बैशाख २०७९, काठमाडौँ इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले जित हात पारेको छ। बिहीबारराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै मुम्बईले जित हात पारेको हो।

National Life

वान्खेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नई १६ ओभरमा ९७ रन बनाएर अलआउट भयो। ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ बल खेल्दै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो।


मुम्बईले जित हात पारे पनि प्ले अफमा पुग्ने सम्भावना छैन भने पराजित भएको चेन्नई प्ले अफबाट बाहिरिएको छ। जारी सिजनमा मुम्बई र चेन्नई अङ्क तालिकाको पुछारबाट क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। लिग अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया