• २० असोज २०८३, मंगलबार
  • ७ः३८ बिहान

पूर्वमन्त्री बस्नेत सवारी दुर्घटनामा परी घाइते

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०३:४५

२९ बैशाख २०७९, काठमाण्डौं : माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा ८ च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।बस्नेतसहित १० जना घाइते भएका छन् ।

National Life

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले बताए ।

प्रतिकृया