• २० असोज २०८३, मंगलबार
  • ८ः२४ बिहान

भरतपुरको मतगणना स्थलमा मतको सुरक्षाका लागि फलामको बार

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०३:२४

२९ वैशाख २०७९, काठमाडाैं : चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

National Life

चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ ।


०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया