• २१ असोज २०८३, बुधबार
  • १२ः३४ राती

अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०७:४८

२९ वैशाख २०७९, काठमाडौँ : डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा करिब २०-२५ जना घाइते भएका छन् ।

National Life

उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।


उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया