• ४ साउन २०८३, सोमबार
  • ८:२९ बेलुका

शेख हसिना भन्छिन्– ‘भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक छ’

प्रकाशित मिति

२०७९ बैशाख २६ गते, सोमबार ०६:५३

२६ बैशाख २०७९, काठमाडौँ : भारतको पूर्वोत्तर राज्यहरूमा पारवहन पहुँचका लागि बंगलादेशले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक रहेको जनाएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक रहेको बताएको बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युन अखबारले जनाएको छ ।


‘यदि पारवहन पहुँचमा वृद्धि भयो भने पूर्वोत्तर भारतका आसाम र त्रिपुराजस्ता राज्यले चटगाउँको बन्दरगाहको प्रयोग गर्न सक्छन् ।’ प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै ढाका ट्रिब्युनले जनाएको छ । पूर्वोत्तर भारतीय राज्यहरुबाट छोटो दूरीमा रहेकाले चटगाउँ बन्दरगाहको प्रयोगबाट पूर्वोत्तर भारतमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

Kamana Sewa

यसअघि सन् २०१० मा भारत र बंगलादेशले चटगाउँ र मोङ्गला बन्दरगाह प्रयोगबारे एमओयूमा हस्ताक्षार गरेका थिए । पछि सन् २०१८ मा बंगलादेश सरकारले भारतलाई मालसामानको आपूर्तिका लागि ती बन्दरगाहको प्रयोग गर्न दिन सहमति जनाएको थियो ।

Classic Tech Desktop

प्रतिकृया