• ४ साउन २०८३, सोमबार
  • ८:०० बेलुका

सुनौलो कछुवासहित युवक पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख २२ गते, बिहीबार ०६:४३

२२ बैशाख २०७९, काठमाडौँ : चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती छन् । प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसमा कछुवा ‘बिक्री डिल’ गरिरहेको अवस्थामा पक्राउ परेका आशिष थापाको साथबाट एउटा सुनौलो रंगको कछुवा बरामद गरेको छ ।


आशिषले सुनौलो कछुवा बेच्न २० लाखमा डिल गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताए । आरोपमाथि थप अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।

Kamana Sewa

प्रतिकृया