• १६ असोज २०८३, शुक्रबार
  • १ः३४ राती

आईपीएल : पन्जाको जित, गुजरात पराजित

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०६:४०

२१ बैशाख २०७९, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा पन्जाबले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो ।

National Life

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका लागि शिखर धवनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ खेले । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।


जितसँगै पन्जाब १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । गुजरातको भने यो दोस्रो हार हो । गुजरात १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया