• १६ असोज २०८३, शुक्रबार
  • ६ः०७ बिहान

दाङमा खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार १०:५२

२० बैशाख २०७९, काठमाडौं : खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हनेमा बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियार रहेकी छन् । उनको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। सोमबार परेको भारी वर्षाले हस्नापुर खोलामा ठूलो बाढी आएको डिएसपी श्यामु अर्याल जानकारी दिए ।

National Life

परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय ५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो।


गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यही उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया