सिटी एक्सप्रेस मनि ट्रान्सफ र रनेपाल एस्.बी.आई बैंकबिच रेमिटान्स सम्झौता
प्रकाशित मिति
२०७९ बैशाख २० गते, मंगलवार ११:०७
२० बैशाख २०७९,काठमाण्डौं : सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस्.बी.आई बैंक बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्धनिर्देशक चन्द्र टण्डन र नेपाल एस् बीआई बैंकको उपप्रमुखकार्यकारी अधिकृत मोहम्मद रिजवानआलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपाल एस्.बी.आई बैंकको रेमिटान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी भएको कार्यक्रममा जनाइएको छ । साथै, सिटी एक्सप्रेस मार्फत आएको रेमिटेन्स नेपाल एस्.बी.आई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा भएका ग्राहर्कहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बताइएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ








प्रतिकृया