• १९ असोज २०८३, सोमबार
  • ७ः१८ बेलुका

चुनावले व्यावसायिक क्षेत्रमा चहलपहल बढायो

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ०१:१२

१९ बैशाख २०७९, काठमाण्डौं : स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । होटल तथा रेष्टुरेन्टका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाएका छन् । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुरेन्टदेखि सहरका ठूला होटल रेष्टुरेन्टमा पनि यसको प्रभाव देखिन थालेको हो । स्थानीय निर्वाचनको प्रभावको कारण बजार चलायमन भएको छ ।

National Life

बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ । बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो । अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ । बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् ।


अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट ३३० रुपैयाँमा बिक्री हुँदै आएको अण्डा आइतबारदेखि ३८० रुपैयाँमा बिक्री हुन थालेको बताए ।अण्डा दिएपछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो ११० बाट १५० रुपैयाँ पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन् । बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो । माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए । बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको उनी बताउँछन् । होटल रेष्टुरेन्टको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ ।


एशोसिएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताइन्।

प्रतिकृया