• १९ असोज २०८३, सोमबार
  • ६ः३८ बेलुका

संस्थापक सेयरलाई साधारण सरह कारोबार गर्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार १२:४७

१९ बैशाख २०७९, काठमाण्डौं : नेपाल उद्योग वाणिज्य महासंघले संस्थापक सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्धारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा आगामी बजेट मार्फत यस प्रकारको व्यवस्था गर्न माग गरेको हो ।

National Life

त्यस्तै महासंघले विदेशी नागरिकले पनि नेपाल धितोपत्र बिनिमय बजारमा शेयर खरिद बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै, विदेशी मुद्राको कारोबार खुल्ला गर्नुपर्ने, कम्तिमा नेपाली रुपैयाँ र अमेरिकन डलरको कारोबार गर्ने व्यवस्था मिलाएको खण्डमा हेजिङ्गको समस्यालाई टेवा पुग्ने बताएको छ ।


नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने, कमोडिटी बजारको थप विकास गर्नुपर्ने लगायतका सुझाब दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया