• 8:54 am

सूचना प्रविधि दिवसमा नेपाल टेलिकमको अफरैअफर

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०६:१०

१७ बैशाख २०७९, काठमाडौँ : यही वैशाख १९ गतेमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले अफर उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार सूचना प्रविधि दिवसका अवसरमा ग्राहकलाई अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।


यो अफर वैशाख १८ देखि वैशाख २४ सम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याकमा ५० प्रतिशत छुट हुने छ ।


यसअघि ९९ रुपैयाँमा उपलब्ध हुंदै आएको उक्त प्याक राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।


यसका साथै २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।

प्रतिकृया