• ५ साउन २०८३, मंगलबार
  • १२:२१ बिहान

युक्रेन युद्धमा बेलायती नागरिकको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ०९:३१

१६ बैशाख २०७९, एजेन्सी : युक्रेनमा एक बेलायती नागरिकको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएको बेलायतको विदेश मन्त्रालयको कार्यालयले जनाएको छ । युक्रेनका स्रोतहरूले बीबीसीलाई मृतक स्कट सिब्ली रहेको र उनी युक्रेनी सेनाका लागि लडिरहेको बुझिएको छ।


उनी द्वन्द्वमा मारिएको पुष्टि भएको पहिलो बेलायती नागरिक हुन् । विदेश मन्त्रालयले भने दुवै जनाको परिचय खुलाएको छैन । सिब्लीको मृत्युको विवरण र दोस्रो व्यक्ति कसरी वा कहिले बेपत्ता भयो भन्ने विवरण पनि दिइएको छैन।

Kamana Sewa

प्रतिकृया