मैले सबैको मन पहिल्यै जितिसकेँ, अब जित्न बाँकी मत मात्र हो : टोखा नगर प्रमुख उम्मेदवार रजनी थापा (भिडियोसहित)
प्रकाशित मिति
२०७९ बैशाख १६ गते, शुक्रबार १०:५१

१६ वैशाख २०७८, काठमाडौँ : टोखा नगरपालिकामा कांग्रेसबाट मेयर पदमा टिकट पाइसकेकी रजनी थापा राजनीतिज्ञसँगै एक कुशल समाजसेवी पनि हुन् । मातृभूमिन्युज डट कमका सम्पादक सुजिता सापकोटा र युवा नेत्री रजनी थापाले गरेको कुराकानी :
टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा टिकट पाउनु भएको छ, कत्तिको ब्यस्त हुनुहुन्छ ?
कुनै पनि ठाउँको मेयर भन्नेबित्तिकै त्यसमा धेरै जिम्मेवारी रहन्छ र त्यो एकदम गहन विषय पनि भएकै कारण व्यस्त त अब जीवनको शैली नै हुन्छ । भिडियो–
नगर प्रमुखमा उठ्नुभएको छ, टोखा नगरपालिकाको विकास र समृद्धिका लागि के कस्ता भिजन बनाउनुभएको छ ?
टोखा नगरपालिकामा आजभन्दा ५ वर्षअघि म उपमेयरमा लढेकी थिएँ । त्यतिखेर पनि मेरो एउटै नारा थियो “हाम्रो टोखा, राम्रो टोखा” । यस अन्तर्गत मैले धेरै भिजन, कन्सेप्ट बनाएकी छु जुन तपाइँहरु मेरो घोषणापत्रमा पढ्न सक्नुहुन्छ । छोटो रुपमा भन्दा, भनिन्छ नि ‘जब युवा आउँछ, तब नयाँ कुरा लिएर आउँछ’ । मैले मेरो घोषणपत्रलाई बिभिन्न सेक्टरमा डिभाइड गरेकी छु ।
तपाइँ समाजसेवामा पनि सक्रिय हुनुहुन्छ, समाजसेवा राजनीतिमा होमिन पब्लिसिटी स्टन्ट हो कि तपाइँको शोख ?
जहाँसम्म मलाई चिन्ने जान्ने बुझ्ने ब्यक्तिहरुलाई तपाइँको प्रश्नको उत्तर मलाई भन्दा बढि थाहा छ । म पहिला एउटा नेपाली हुँ, त्यसपछि समाजसेवी हुँ । समाजलाई रुपान्तरण र परिवर्तनको बाटोमा लैजानतर्फ विकासको बाटो र भोइस जसलाई हामी लिडरसिप भन्छौँ, यसका निमित्त आफूसँग भएको भिजन कन्सेप्ट र प्लानिङलाई याक्सनमा ल्याउनका निमित्त काहिँ न काहिँबाट केहि शुरुवात गर्नपर्ने हुन्छ, जस कारण सवैले यो भोइस सुन्न सक्नुहुन्छ । त्यसैले म राजनीतिमा आएकी हुँ ।
समाजसेवामा आबद्ध रजनीलाई राजनीतिमा होमिन कुन फ्याक्टरले उत्प्रेरित गर्यो ?
मलाई एकदम भावुक प्रश्न गर्नुभयो । राजनीतिमा आउनुकाे पछाडी एउटा ठुलो कथा रहेकाे छ । १६ वर्षको उमेरमा म पिसियल नर्सिङ पढ्दै थएँ, मेरो पोस्टिङ कतै भएको थियो । म अहिले त्यो ठाउँको नाम खुलाउन चाहान्न, मेरो कामको चौथो रात नै रेप (बलात्कार)को केस आयो, म यस्तो घरमा जन्मिएको छु जहाँ छोरी अग्रपङ्तिमा राखिन्छ, लक्ष्मीको रुपमा पूजा गरिन्छ । मैले त्यहाँ गएर के थाहा पाएँ भने १० वर्षको बच्चालाई आफ्नै बुवाले बलत्कार गरेको त्यो केस हेर्दा, बुझ्दा हामीले पढ्ने कानुन र हामीलाई पर्ने कानुन फरक हुँदो रहेछ ।
काम गर्दै जाँदा भाेलिपल्ट डेलिभरीको केस आयो त्यहाँ छोरीको जन्म भएको थियो । हाम्रो तिर अझ छोरी जन्मिनासाथ सरस्वती आइन् भनेर खुसी हुने सेलिब्रेसन गर्ने चलन छ । मैल दौडिँदै गएर उहाँको परिवारलाई घरमा लक्ष्मी आएको छ भनेर भन्न गएँ तर यति दु: ख लाग्यो कि त्यो भनेको एकछिनपछि त्यो बच्चाको हजुरबुवा हजुरआमा गायब। हुँदा हुँदा जन्मदिने बुवाले नै गायब। पछि हामीले आफ्नो खर्चमा बच्चालाई सबै ब्यवस्था गर्यौ । म ड्युटीबाट घर जाने क्रममा आफूले पेटबाट निकालेको बच्चालाई कस्तो छ भनेर हेर्न जाँदा आमा पनि ओच्छ्यानमा हुनुहुन्न थियो । मलाई एउटै कुरा थाहा छ, जीवनमा जे पनि हुन सक्छ तर जन्म दिने आमाले बच्चालाई कहिल्यै पनि त्याग गर्न सक्दैन । मैले पहिलोपटक कुनै आमाले छोरी जन्ममेकै कारण आफ्नो बच्चा छोडेर गएको त्यो पिडादायी अनुभब महशुस गरेको छु । बच्चालाई कहाँ राख्ने भनेर म सम्बन्धित प्रशासन कार्यालयमा गए तर त्यसको कुनै उपचार थिएन । मानिसको जीवन यति सस्तो छ भन्ने मलाई लागेकै थिएन । एउटा बच्चा जसको केहि गल्ति नै थिएन, जसले संसार नै देखेको थिएन त्यो बच्चाले जीवनमा जन्मिनासाथ टुहुरो हुन पर्यो । यो कुराले मलाई यति प्रभाब पार्यो कि यसको फ्रस्ट्रेसनले मैले बाबालाई म नर्सिङ पढ्नसाथ बाहिर जान्छु भनेँ । यस कुराले म डिप्रेसनमा गएँ, मेडिटेसन गनुपर्यो, म विपासना गएँ । म यस्तो घरमा जन्मिएको छु कि जहाँ मेरो मेरुदण्ड भनेकै मेरो हजुरबुवा, बुवा, ठूलो बुवा, काका र मेरो भाइ हो । एकै समयमा मैले बुवाले छोरीलाई बलात्कार गरेको र आमाले छोरीलाई छाडेर गएको अवस्था देख्दा म नेपाल बस्न सक्दिन भनेर अमेरिका जान पनि तयार भएँ र युएस जाने प्रकृया अघि बढ्याे । म त्यहि मान्छे हुँ जाे एयरपाेटबाट फर्किएँ ।
म एयरपोर्टमा प्लेनको दाश्रो भर्याङ चढ्दै गर्दा यति धेरै आवाजहरु मेरो कानमा गुन्जिए कि – रजनी तिमी सवै कुरामा सक्षम छौँ, तिमी हाम्रो आवाज बन्न सक्छौ, तिमी नै गइदियौ भने हाम्रो लागि कोले बोल्छ ? भन्ने कुराहरु गुञ्जिरहँदा मलाई गार्हाे भइरहेको थियो । यी कुराले गर्दा ‘मैले गर्नपर्छ, मैले नगरे कसले गर्ने ?’ भन्ने कुराले मलाई अड्क्याएर म घर फर्केर आएँ र बाबालाई सोधेँ -यी कुरालाई रोक्न मैले के गर्नपर्छ ? बाबा मुसुक्क हाँस्नुभयो किनकी १८ वर्षकी छोरीले यस्तो प्रश्न सोध्दा यो कुरा काहाँबाट आयो भनेर बुवालाई अचम्म लाग्नु स्वभाबिक कुरा थियाे। त्यसपछि मैले बुवाबाट धेरै कुरा सिको र रजनी सचेतना नेपाल फाउण्डेसन दर्ता गरेँ । जसबाट मैले निर्मला बलत्कार तथा हत्या काण्ड भएको थियो त्यस समयमा भविश्यमा महिला दिदी बहिनीहरुको जीवनमा आउने समस्यहरुलाई समाधान कसरी गर्ने भनेर हामीले पहिलो पटक धनगढीमा सेल्फ डिफेन्स ट्रेनिङ ३ हजार महिलाहरुलाई एउटा हलमा ल्याएर गराएका थियौँ । राजनीतिमा आउनु अघि मैले रजनी फाउण्डेसनलाई अघि सारेँ, बिभिन्न काम गर्दै गरेँ, र म काम गर्दै छु सेवा पनि गर्दै छु भन्ने महशुस भयो । सेवा गर्नु र कसैको आवाज बन्नु फरक पाटो रहेछ । मेरो बुवाले भन्नुहुन्छ बि पोजेटिभ, थिङ्क पोजेटिभ, स्पिक पोजेटिभ, बिलिभ पोजेटिभ याक्ट पजिटिभ र कायनाथ नै पोजेटिभ दिन लाग्छ । यो अन्तर्गत मैले मरो भोइस रेइज गर्न र सवैले भोग्नुभएको त्यो समस्या जुन कुराले मलाई नर्सिङदेखि याहाँसम्म ल्यायो त्यो समाधान गर्नका लागि म राजनीतिमा आएको हुँ ।
राजनीतिमा आउँदै गर्दाको बिडम्बना चाहिँ हामी इक्विटी समता र इक्वालिटीको कुरा गछौँ तर अहिले पनि हामी महिलाहरुले इक्विटीका लागि नै फाइट गरिरहनुपर्ने अवस्था छ । हामीले कुनै पनि कुरा इक्वइल पाएकै छैनौँ । मैले नेपाली कांग्रेस पार्टिले मलाई युवा पनि र महिला पनि भएका कारण उच्च सम्मान गरेर टिकट दिएको छ ,जहाँसम्म लाग्छ नेपाल अधिराज्यभरिमा नै म कांग्रेसको उम्मेदवार र महिला उम्मेदवारमा पनि कान्छो उमेरको हुँ जस्तो लाग्छ , यसका लागि म पार्टीलाई याहिँबाट धन्यवाद दिन चाहान्छु ।
मलाई दुई कुरामा विश्वास गर्छु । राम्रो कुरा गरेर सवैको आखाँले देख्ने, हात खुट्टाले महशुस गर्ने, ब्यवहारमा त्यो कुरा लागू हुने र अनुभब गर्न सकिने ‘विकास‘ हुनपर्यो र अर्को भनेको ‘हाम्रो मेन्टलिटी’ । जबसम्म सोच परिवर्तन हुँदैन तबसम्म अरु पूर्वाधार विकासले कहिल्यै पनि विकास हुँदैन । र सोच परिवर्तनका लागि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । हामीले चाइल्डहुड एजुकेसन, सोसल एजुकेसन सवैलाई कनेक्ट गरेर विचारमा पनि नयाँ सोच र नयाँ उन्नतीका लागि हिँड्ने पाइला अघि बढाउनपर्छ ।
महिलालाई राजनीति गर्न सजिलो छ भन्ने कुरा सुनिन्छ तर हामी गलत छौँ, महिलालाई राजनीति गर्न धेरै नै गार्हाे छ । पहिलो कुरा त हामी विकशित देशमा नभएर विकाशसिल मुलुकमा छौँ । यो देशमा हामीले सुरुमा त सोच परिवर्तन गर्नुपर्छ । ‘छोरी’ जसलाई हाम्रो घरको ‘इज्जत’ भनेर सिकाइन्छ । हामीलाई यो कुरा बच्चाबाटै सिकाइन्छ कि छोरी घरको इज्ज्त हो भनेर । हामीलाई घरबाट निस्किँदै गर्दा आमा, बाबाको इज्जत यति धेरै कुरा सोच्नपर्छ कि हामी इज्जतकै अब्स्ट्याकलमा आइसकेका हुन्छौँ । सेकेण्ड कुरा हामीलाई बच्चैदेखि तिमी यो कुरामा सक्षम छौ, यो कुरामा सक्षम छैनौ भनेर ग्रो अप गराइन्छ । राजनीतिमा सवैजसो महिला मानिसहरु म जत्तिको लक्कि हुँदैनन् । बुझ्ने आमा बुवा र बुझ्ने परिवार सवै जनाले कहाँबाट पाउनुहुन्छ र ?मलाई त मेरो बुवाले सक्षम बनाइदिनुभएको छ , राम्रो पढाइदिनुभएको छ, विजनेशमा अघि बढाइदिनुभएको छ, देश विदेश देखाएर विकास भनेको के हो र विकास निर्माण कसरी गर्ने भनेर बुझ्ने अवसर दिनुभएको छ । युवाहरु विदेश घुम्ने भनेको घुम्नका लागि होइन, त्याहाँ भएका विकास निर्माणका कार्यहरु हेर्ने, त्यो कसरी भएको छ बुझ्ने र सकिन्छ । सकिन्न भने जस्ताको त्यस्तै याहाँ ल्याएर याहाँको समय अवस्था र वातावरणसँग मिल्दोजुल्दो विकास गर्नुपर्छ । राजनीति सजिलो कुरा होइन, राजनीति गर्हिलालाई धेरै नै गार्हाे छ ।
अब राजनीति र समाजसेवालाई कसरी सँगै अघि बढाउने सोचमा हुनुहुन्छ ?
मेरो ३ वटा जन्म भएको छ , एउटा मेरो ‘पारिवारीक जन्म’ जहाँ मलाई मेरो बुवा आमाले मलाई रजनी थापाको रुपमा जन्म दिनुभयो । दोश्रो ‘जतिखेर मैले नागरिकता लिएँ’। म नेपालकी छोरी । तेस्रो ‘मेरो राजनीतिक जन्म’ जतिखेर मैले पहिलोपटक राजनीतिमा आफ्नो पहिलोपटक पाइला अघि सारेँ । राजनीति आफैँमा एउटा समाजसेवा पनि हो किनभने हामी जनताको आवाज बन्छौँ , समाजमा भएका कुरीतिहरु, नियन्त्रण गर्न नसकिने सामाजिक समस्याहरु समाधान गर्न सक्छौँ । उदाहरणका लागि नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा धेरै काम गरिरहेको छ । महिलालाई प्लस टु (१२ कक्षा) सम्म नि : शुल्क शिक्षा दिने कुरा पनि मैले मेरो घोषणपत्रमा जोडेकी छु । भनिन्छ नि एउटा महिला शिक्षित भयो भने समाज नै शिक्षित हुन्छ । राजनीति आफैँमा समाजसेवा हो र यसलाई समाजसेवासँग जोड्ने क्रममा विभिन्न विकास निर्माणका कार्यहरु गर्नुपर्छ । म साँस्कृतिक, संस्कार र इतिहाँस गर्हुंगो भएको ठाउँमा बस्छु म । चण्डेश्वरी जहाँ भगवान सतीले आफ्नो देह त्याग गरेका ठाउँ पनि हाम्रो टोखामा रहेको छ । चण्डेश्वरी मन्दिर, गणेश मन्दिर र विभिन्न साँस्कृतिक सम्पदाहरुले धनी भएको ठाउँ हो टोखा नगरपालिका । हामी झोरमा बस्छौँ जहाँ कृषिका लागि यति राम्रो छ कि राम्रो दुध र पनिर बनाइन्छ । हाम्रो टोखामा आउनुहोस्, चाकु खानुहोस् जुन सार्है मिठो छ । गंगबुलाई हामी एउटा विजनेश हबको रुपमा विश्वास गर्न सक्छौँ भने धापासीमा अहिले पनि विभिन्न उद्योग र हस्पिटलहरु देख्छौँ । यी सवै ठाउँहरु आ-आफ्नो मूल्य मान्यता लिएर बनेको छ ।
तपाँइको विचारमा राजनीति के हो ? सक्रिय राजनीतिमा लाग्छु भनेर कहिलेबाट माइन्ड मेक-अप गर्नुभयो ?
मैले अघि पनि जोडिहालेँ, जतिखेर मैले नर्सिङ पेशामा त्यो पीडा महशुस गरेँ, अनि म युएस जानबाट रोकिएँ । म नाम लिन चाहान्न, मलाई कसैले भन्नुभएको थियो तिम्रो हैसियत के हो ता कि मैले तिमीले भनेको कुरा मान्न पर्ने भनेर । मैले बुवालाई प्रश्न गरेँ – बाबा यो हैसियत भनेको के हो भनेर । मेरो बुवाले भन्नुभयो जब तिमीले राम्रो सोचेर, राम्रो ब्यवहार गरेर, राम्रो बोलेर, राम्रो कर्म गरेर जब तिमीलाई कसैले आशिर्वाद दिन्छ भने त्यो तिमीले कमाएको हैसियत हो । त्यसपछि बाबा फर्दर के भन्दा उहाँले तिमी जवसम्म सवै जनाको मन जित्दैनौ, सवै जनाले यो मानिसको बोलि परिपक्क छ भनेर तिमीलाई सपोर्ट गर्ने मानिस विल्ड अप हुँदैनन् तबसम्म तिमी नेता बन्दैनौँ छोरो भन्नुभएको थियो । फर द्याट के गर्नपर्छ बाबा भन्दा तिमीले धेरै पढे लेखेको हुनपर्छ । फर द्याट तिमीले आफ्नो लागि आफ्नो खर्च आफैँ उठाउन सक्नुपर्छ तब मात्र तिमीले करप्सनविरुद्ध बोल्न सक्छौ । फर द्याट तिमीले विजनेश स्टार्ट गर्नपर्छ भन्नुभयो मैले गरेँ ।
अब के बाबा ? भन्दा तिमीले कमसेका कानुन त पढ, कानुन पढ्यौ भने देशमा चाहिने सवै कुरा थाहा हुन्छ भन्नुभयो, मैले एल्एल्बी गरेँ । बाबा फर्दर के भन्दा तिमीले इन्टरनेश्नल रिलेशन मेइन्टेन गर्यौ भने विदेशमा भएका विकासलाई नेपालमा ल्याउन सक्छौ भन्नुभयो । फर द्याट के बाबा भन्दा पिएच्डी गर न छोरो भन्नुभयो मैले इनटर्नेश्नल रिलेशनसिप एण्ड डिप्लोमेसिमा पिएच्डी गरेँ । फर ह्वाट ह्वाट भन्ने क्रममा मैले धेरै कुरा पढ्दै गर्दै अगाडी बढिरहेकी छु । म १६ वर्षदेखि राजनीतिमा लागेँ र म अझै पनि लागिरहेकी छु । म अविवाहित पनि हुँ । टोखा नगरपालिका र सवै जना मेरो परिवार हो, र मेरो यति ठूलो परिवार छ भने मलाई नयाँ परिवार किन चाहियो ?
टोखा नगरप्रमुखको टिकट हातमा लिएर बसिरहँदा तपाँइले कस्तो टोखाको परिकल्पना गर्नुभएको छ ?
म उपमेयर हुँदा पनि मेरो नारा एउटै थियो , हाम्रो टोखा, राम्रो टोखा, समृद्ध टोखा । मैले टोखा नगरपालिकामा झोरबाट धापासी, गंगबु र बसुन्धारा हुँदै जब निस्किन्छौँ, जन्मेको एक दिनको बच्चा मात्रै होइन गर्भमा बस्दै गरेको बच्चादेखि बृद्ध बुवा-आमासम्म सवैलाई जीवनमा चाहिने गाँस बाँस कपास लगायत विकास निर्माण, आइटी टेक्नोलोजिका कुराहरु जुन एजले जे अनुभब गर्नुपर्ने हो त्यो कुराहरु उहाँहरुको घरमा पुग्नुपर्ने गरी मैले टोखा नगरको परिकल्पना गरेकी छु ।
टोखा नगरपालिकामा चुनाबी माहोल कस्तो छ ? कांग्रेसलाई अलग्याएर हेर्दा रजनी थापाको यस नगरमा कस्तो छाप छ ?
यो म जन्मेको हुर्केको र बढेको ठाउँ, मलाई याहाँको सवैलाई दिन प्रतिदिन, घण्टापिच्छे, मिनेटपिच्छे म कस्तो थिएँ, कस्तो हुँदै छु र म कस्तो बन्ने छु थाहा छ । सवैलाई मेरो राम्रो बानी नराम्रो बानी, हाँस्ने बानी, सवैलाई समेट्ने र एकै ठाउँमा अटाएर लैजाने बानी थाहा छ। मलाई के लाग्छ भने मैले सवै जनाको मन पहिले नै जितिसकेकी थिएँ, अब जित्न बाँकी भनेको मत मात्र हो, त्यो मनलाई थाहा छ कि यो मत दिनपर्ने ब्यक्ति को हो भनेर । मलाई यो पनि विश्वास छ कि आफ्नो काँखमा हुर्केकी छोरी, आफ्नो आँगनमा खेलेकी छोरी र विकास निर्माणमा सवैको आवाज बनेकी छोरी पक्कै पनि रजनी थापा हो भन्ने कुरा टोखा नगरपालिकाको मेरो हरेक बुवा आमा दाजुभाइ तथा दिदी बहिनीलाइ थाहा भएक कारण रजनी थापाको जित सुनिश्चित छ किनभने म टोखा नगरपालिकाको छोरी हो, बहिनी हो ।
अब हामीलाई प्लान चाहिन्छ, पञ्चवर्षीय योजना, टु इयर्स, थ्री इयर्स प्लान, हेल्थ एग्रिकल्चर, एजुकेशन, टुरिजम रु सो डिफ्रेन्ट डिफ्रेन्ट सेक्टरलाई छुट्याएर डिफ्रेन्ट ठाउँहरुलाई विकास गर्ने भिजन भएकोले र विभिन्न ठाउँहरुबाट पनि मैले काम गरेर देखाइसकेको हुनाले मलाई जहाँसम्म लाग्छ म सवैको मनमा बसिसकेकी छु र त्यो मनबाट यो मनसँग जोड्ने काम मेरो कामले गरेको छ जस्तो मलाई लाग्छ ।
विगतलाई फर्किएर हेर्दा राजनीति र समाजमा कस्तो योगदान पुर्याउनुभएको छ ?
मलाई जहाँसम्म लाग्छ आफूले गरेको कामहरु भनेको यो समाजबाट सिकाइएका दिइएका संस्कारबाट गर्ने काम हो । मैले आजसम्म यो दिनमा आइपुग्दा फेरि कहिल्यै पनि रातिको २ बज्यो, थाके , बिरामी भए , विहानको ५ बज्यो भनेकी छैन । मैले हरेक अवस्थामा जसलाई जे समस्या परेको छ, त्यो समस्या समाधान गर्नका निमित्त म अग्रपंतिमा छु ।
रजनी थापाले जस्तै अन्य ब्यक्तिले पनि नेपाली कांग्रेसबाट यस नगरभित्र योगदान पुर्याउनुभएको हुन सक्छ , तर तपाँइले नै टिकट पाउनुका कारण ?
पहिलो कुरा त नेपाली कांग्रेस एउटा यस्तो पार्टी हो जहाँ सक्षम ब्यक्ति अथाहा हुनुहुन्छ, सवै जना एक सय एक हुनुहुन्छ । तर पार्टीमा एउटा सिस्टम हुन्छ, जसअन्तर्गत उहाँहरुले टिकट दिनुहुन्छ र त्यो प्रकृया अन्तर्गत म परेकी हुँ । त्यो छनौट गर्ने क्रममा पार्टीको सिस्टम, धारणा र प्रसिड्युअर्स हुन्छ , त्यो प्रसिड्यिर्स पार गरेर मैले टिकट पाएकी हुँ ।
चुनाबमा टिकट पाउनका लागि पैसाको ठूलो चलखेल हुन्छ भनेको जताततै सुनिन्छ, यसको वास्तविकता के हो ?
नेपाली कांग्रेसमा यो पैसाको चलखेल हुन्छ भन्ने मैले सुनेको पनि छैन, मैले हेर्न र अनुभब गर्न पनि पाएकी छैन । म यति राम्रो पार्टीमा छु कि जुन पार्टीमा विचार, कन्सेप्ट, सिद्धान्तका एजेण्डा र भिजनको राजनीति हुन्छ । मैले यो कुरा देखेकी पनि छैन। सुनेकी पनि छैन र अनुभब पनि गरेको छैन । मलाई के पनि विश्वास छ भने नेपाली कांग्रेसमा यो आर्थिकसम्बन्धित कुराहरु न पार्टीले सुन्छ, न हेर्छ न गर्नै दिन्छ ।
तपाइँ आफैँ महिला मेयर उम्मेदवार भएर महिला र बालबालिकाहरुको सुरक्षा, संरक्षण र अनत्मरक्षाका लागि केहि नयाँ सोच बनाउनुभएको छ ?
धेरै नै । म आफैँ नै महिला भएको कारणले र म राजनीतिमा आउनुको कारण पनि महिला भएको कारण पनि मैले यति राम्रा प्लान अफ याक्सनहरु ल्याएकी छु कि गर्भवती महिलालले आफूल गर्भाधारण गर्दै गर्दा देखि बच्चा जन्मिँदाबाट एउटा महिलाले आफ्नो खुट्टामा नउभिएसम्मको उहाँहरुलाई सक्षम बनाउन उहाँहरुको शिक्षा, स्वास्थ्य, सेल्फ डिफेन्सको पार्ट र उहाँहरुलाई योग्य बनाउन विशेष योजना बनाएकी छु । अबको पालो युवाको भन्ने ट्रेण्ड नै चलिरहँदा तपाइँ युवा नेत्री थापाले मेयर पदमा टिकट पाउनुभएको छ । जनताले विश्वास गरेर जिताएको खण्डमा टोखा नगरवासीले तपाइँको कार्यकालमा के परिवर्तन पाउन सकछन् ?
युवा भन्नेबित्तिकै परिवर्तनका बाहक हुन् । हामीहरु नयाँ सोच मात्र होइन, त्यो सोचलाई साँच्चिकै जीवनमा ढाल्नका निमित्त हामीसँग भिजन छ कन्सेप्ट छ । हामीहरु हावामा बोल्दैनौँ। हरेक कुरालाई डकुमेन्टेसन गर्छौँ । म के विश्वास दिलाउन चाहान्छु भने ५ वर्षमा हरेका घरमा शिक्षित महिला, स्वस्थ ब्यक्तिहरु, हरेक घरमा आइटिसम्बन्धि फेन्ड्ली बनाउँछौँ, र हरेक विकास निर्माणका कार्यहरु बाटो घाटो, ढल, विद्युत, शिक्षा, स्वास्थ्य देखि दिमाखका जे जे पनि कुरा आउँछन् नि त्यो सवै उहाँहरुले हर्न र महशुस गर्न पाउनु हुने छ र हरेक कुरा उहाँहरुको घर-घरमा डोरस्टेपमा पुर्याउने छौँ ।
टोखा प्रमुख हुनुभयो भने तपाइँका मुख्य एजेण्डा के-के हुने छन् ?
मैले मेरो एजेण्डाबारे जे बोल्छ मेरो घोषणापत्र बोल्छ । म हरेकलाई के अनुरोध गर्छु भने प्लिज औँला उठाइदिनुहोस् मेरो काममा । जबसम्म तपाँइहरुले मेरो घोषणपत्र हातमा लिएर ५ वर्षसम्म मलाई ढकढक्याउनु हुँदैन नि विकास हुँदै हुँदैन । तपाँइहरुले मलाई भन्नुहोस् तपाँइले यो बोल्नुभएको थियो, यो गर्नुभयो । अनि म हाँसेर जवाफ दिने छु , यो प्रोजेक्ट याहाँसम्म पुग्दै छ, यो विकास यो लेभलमा जाँदै छ भन्ने कुरा क तपाँइहरुलाई महशुस र अनुभब गराउने छु ।
राजनीतिमा भावी योजना के छ रु स्थानीय तहमा नै सिमित रहने वा यसभन्दा माथिल्लो तहसम्मको सोच बनाउनुभएको छ ?
मेरो बुवाले भन्नुभएको छ र हामीले किताबमा पढेका पनि छौँ, ‘सपना देख्नु त उँडी चन्द्र छुनु’ त्यहि अनुरुप मैले राजनिति शुरु मात्र गरेकी हुँ । टोखाको नगर प्रमुख भन्ने कुरा मेरो शुरुवात मात्र रहेको छ , मेरो अन्तिम साससम्म राजनीति यसरी नै जाने छ । मेरो राजनीति केबल परिवर्तनका निमित्त हो, सवैजनाको सवै करामा पहुँच पुर्याउनका निम्ति हो । मैले जअिले पनि ३ कुरा भन्ने गरेकी छु कि म जीवनमा तीन वटा कुरा चाँहि गर्छु कि म एउटा कि म आफैँ इतिहास बन्ने छु , दोस्रो – कि म नयाँ विकासका कार्य गरेर इतिहास लेख्ने छु । र तेस्रो इतिहास लेख्ने ब्यक्तिहरुलाई सँगै जोडेर एउटा इतिहासको किताब बनाउने छु ।
शिक्षा भनेको लुगा हो जसले तपाइँको पर्रस्रजालिटी देखाउँछ । जहाँ भिजन, कन्सेप्ट र आइडिया चाहिन्छ यो शिक्षाले दिन्छ । शिक्षा भनेको मेरुदण्ड हा जस्तो मलाई लाग्छ, जसले सही र गलत, राम्रो र नराम्रो। ठिक र बेठिकबीचमा फरक छुट्याउन शिक्ष्ल साथ दिन्छ । यहिअन्तर्गत मैले तीनवटा मास्टर गरेँ अहिले पिएचडी गरिरहेकी छु । शिक्षा मेरो लागि औषधी हो, नुज औषधीले मलाई विकास र्गाका निमित्त्त मलाई उपाचार गरिरहेको छ ।
टोखा नगरपालिकाको सडकमा हिँड्दा पाइलैपिच्छे खाल्डा खुल्डी देखिन्छ भने टाउको माथि विजुली र इन्टरनेटको तार देखिन्छ । यसलाई कसरी ब्यवस्थापन गर्ने सोच बनाउनुभएको छ ?
धन्यवाद प्रश्नका लागि । म योभन्दा अघि हालसालै चाइना पुगेर आएकी थिएँ । कोभिडभन्दा अगाडी लण्डन पनि पुगेकी थिएँ । म त्याहाँको बाटोघाटो विकासबाट आफैँ पनि इम्प्रेस्ड भएर आएकी छु । र म आफैँ पनि विकास निर्माणमा पहिल्यैबाट इच्छुक भएक कारण जनहाँ कालो पत्रे रोड चाहिन्छ, त्याहाँ अड्भान्स्ड इन्जिजियर, टेक्निसियन र कन्सट्रक्सनको पार्टमा विशेष् ध्यान गरेर रोड बनाइन्छ र सो रोडले कम्तिमा ५(वर्ष थाम्ने योजना हसनपर्यो । नुज हाम्रो टाउकोमाथिका तारहरु छन् नि त्यसलाई हामी अन्डरग्राउण्ड गर्ने छौँ, हरेक कुरा आखाँले हेर्दा सफा, राम्रो र सहज बनाउने छौँ ।
अन्तमा, मातृभूमिन्युज डटकमको माध्यमबाट टोखावासीलाई केहि भन्न चाहानुहुन्छ ?
म सम्पूर्ण टोखा नगरपालिका र यो देशकालाई सुनिरहनुहुने सम्पूर्णलाई नमस्कार मैले नयाँ अभियान शुरु गरेकी छु, यो अभियान विकासको अभियान हो “हाम्रो टोखा राम्रो टोखा” । विकास केवल सम्भब यदि तपाइँ हामी मिल्यौँ भने मात्र । हामीहरु सोच र विचारलाई अघि बढाऔँ, तपाइँहरु मलाई विश्वास गर्नुहोस् । म तपाइँहरुको छोरी रजनी थापा विकास निर्माण र टोखा नगरपालिकालाई मेरो शीरमा राखेर शीरको ताज बनाएर अघि बढाउँछु भन्दै यो मातृभूमिन्युजलाई पनि विशेष धन्यवाद किनभने तपाँइहरुले आज मेरो आवज सम्पूर्ण नेपालीमाझ पुर्याइदिनुभएको छ । मेराे भाेइस सुन्रे सम्पूर्णलाई याहिँबाट नमस्कार स्वीकार गर्नुहोस् भन्दै विशेष विशेष धन्यवाद भन्न चाहान्छु ।
प्रतिकृया