• १६ असोज २०८३, शुक्रबार
  • १ः२९ राती

उपाधि दाबेदार इन्टर पराजित

प्रकाशित मिति

२०७९ बैशाख १५ गते, बिहीबार ०९:१६

१५ बैशाख २०७९, एजेन्सी : इटालियन सिरी ए फुटबलको उपाधि दाबेदार इन्टर मिलान बोलोग्नासँग २–१ गोलको हार बेहोरेको छ । बुधबार राति भएको खेलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो ।

National Life

खेलको तेस्रो मिनेटमा इन्टरका लागि इभान पेरिसिचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता बोलोग्नाका लागि खेलको २८ औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ८१ औं मिनेटमा निकोला सान्सवनले गोल गर्दै बोलोग्नालाई २–१ को जित दिलाए ।


यो हारसँगै उपाधि दाबेदार इन्टरले ३४ खेलबाट ७२ अङ्क जोडेर शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । शीर्ष स्थानको एसी मिलानको ७४ अंक छ । जित निकालेको बोलोग्ना ४२ अंक जोडेर १३ औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया