• १६ असोज २०८३, शुक्रबार
  • १ः३६ राती

आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा

प्रकाशित मिति

२०७९ बैशाख १५ गते, बिहीबार ०६:१०

१५ बैशाख २०७९, काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति मुम्बईमा भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा पुगेको हो।

National Life

गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै आठ खेल खेल्दा १४ अंक बनाएको छ। गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। गुजरातका लागि रिद्दिमान शाह ६८, राहुल टेवाटिया ४०, राशिद खान ३१, सुबमन गिलले २२ रन जोड्दा डिभिड मिलर १७ र कप्तान हार्दिक पान्डयले १० रन बनाए। हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए।


यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। हैदरावादका अविशेक शर्मा ६५, एडिन मार्क्रम ५६, शशांक सिंहले अविजित २५ र राहुल त्रिपाठीले १८ रन जोडे। गुजरातका मोहमद शामीले ३ विकेट लिँदा यश डायल र अल्जारी जोसेफले एकएक विकेट हात पारे। ८ खेलमा १० अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया