• २५ भदौ २०८३, बिहीबार
  • ६ः३० बिहान

रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०७:१०

१३ बैशाख २०७९, काठमाडौँ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।

National Life

सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारीक पत्र पेस नगरेको भन्दै उजुरी दिएको अधिकारीले बताइन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उनले बताइन् ।


उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि एमालेबाट एक र काँग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको अन्य स्थानिय तहमा भने कुनैपनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया