• २१ भदौ २०८३, आइतबार
  • ५ः४१ बेलुका

नेपाल वायुसेवा निगमले काठमाडौँ–नारिता सेक्टरमा साताको तीन वटा उडान भर्ने

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार ०८:२१

१२ बैशाख २०८९, काठमाडौँ : नेपाल वायुसेवा निगमले हाल काठमाडौँ–नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेकोमा आइतबार १८ गते देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन वटा उडान सञ्चालन गर्ने भएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ ।

National Life

जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुने भएको छ । काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेश क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७ सय भाडादर कायम गरिएको छ ।


यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु विक्रि वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्य भन्दा बढी मूल्य लिई विक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने निगमले बताएको छ । यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रुहरुलाई प्रमाण सहित निगममा उजुरी गर्न आग्रह समेत निगमले गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया