• १६ असोज २०८३, शुक्रबार
  • १ः३४ राती

लिभरपुलले एभर्टनलाई हरायो

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार ०७:५२

१२ बैशाख २०७९, काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लब लिभरपुल विजयी भएको छ । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।

National Life

पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक-एक गोल गरे । ६२औं मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए । ८५औं मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए ।


जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ। ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया