• २० भदौ २०८३, शनिबार
  • ११ः४४ राती

पाँच वर्षअघि हारेको मेयर फेरि लड्न प्रदेश सांसदबाट राजीनामा

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०७:४२

९ बैशाख २०७९, काठमाडौँ : रौतहटमा नगरपालिकाको मेयर उम्मेदवार बन्न एक जना प्रदेश सांसदले राजीनामा दिएका छन्। रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले शुक्रबार राजीनामा दिएको जानकारी दिए। मधेस प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार अजाद गढीमाई नगरपालिकामा मेयरको उम्मेदवार बन्दैछन्।

National Life

२०७४ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सांसद निर्वाचित भएका उनि पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। २०७४ को चुनावमा गढीमाईको मेयर नेपाली कांग्रेसले जितेको थियो। त्यतिबेला अजाद राष्ट्रिय जनता पार्टीबाट मेयर उठेका थिए। कांग्रेसका श्यामप्रसाद यादवले ५४५७ मत पाएका थिए भने अजाद ५०५६ मत ल्याएर पराजित भएका थिए।


२०७४ मंसिरमा भएको प्रदेश सभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। ७३९३ मत ल्याएर उनी प्रदेश सभामा निर्वाचित भएका थिए भने कांग्रेसका रामाज्ञा रायले ७२६८ मत ल्याएर दोस्रो भएका थिए। आफूलाई गढीमाई नगरपालिकाका जनताले मेयर उठ्न भनेकाले सांसदबाट राजीनामा दिएको अजादले बताए। ‘मेरो प्रदेश सभा निर्वाचन क्षेत्रमा गढीमाईका ६ वटा वडा पर्छन्। त्यहाँका जनताले मलाई तपाईं नगरमा आउनुस् भन्नुभयो,’ उनले भने,‘जनताको सेवक भएकाले उहाँहरूको कुरालाई नाइँ भन्न सकिनँ।’

Classic Tech Desktop

प्रतिकृया