• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

वडाध्यक्षले कुटे सचिव, टाउकोमा १६ वटा टाँका

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०७:२७

९ वैशाख २०७९, काठमाडौँ : सर्लाही बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका छन् । वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए ।


‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, मण्डलले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’ उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि बताए ।

Kamana Sewa

वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्योे पनि आफूलाई थाहा नभएको उनले बताए ।

Classic Tech Desktop

प्रतिकृया