• १९ भदौ २०८३, शुक्रबार
  • ७ः४७ बेलुका

समस्या मदिरा, मुक्ति-उपाय आयुर्वेद

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०३:३१

डा. केदार कार्की, ९ चैत २०७८, काठमाडौं : अत्याधिक मदिरा सेवन गर्नाले मानिसको शरीरलई धेरै हानी पु¥याउँछ । त्यसैले सकभर मदिरा सेवनबाट बच्नु पर्छ । मदिरा सेवन गरिने कुलत धेरै नराम्रो हुन्छ जुन सजिलैसँग छुट्दैन । यदि मानिसले मदिरा सेवनबाट मुक्ति चाहन्छ भने त्यसका लागि केही आयुर्वेदिक उपायहरु छन् । जब मानिसले अत्याधिक मात्रामा मदिरा सेवन गर्छ भने यसको दुष्परिणाम स्वरुप अनेक किसिमका शारीरिक विकृति जस्तै जीउ लाग्नु, मुटुसम्बन्धी रोग, मृगौला सम्बन्धी, कलेजो सम्बन्धी आदि हुन सक्तछ । मदिरा सेवनको दुव्र्यसन लागेपछि यसलाई छोड्न सजिलो हुँदैन । मानिसहरुले यसको लागि अनेक किसिमका प्रयास त गर्छन तर सफल हुँदैनन् ।
आयुर्वेदिक उपायहरु :


मदिरा दुव्र्यसनबाट मुक्त हुन निम्न तरिका अपनाउन सकिन्छ :

Kamana Sewa

१. करेलोको जुस :
करेलामा अनेक औषधीय गुण पान्छन् । जुन स्वास्थ्य रहन लाभदायक मानिन्छन् । करेलो भलै स्वदमा तीतो हुन्छ तर यसको जुसमा विटाभिन–ए सर्वाधिक, एवम् विटामिन–बी–सी एवम् खनिजहरु, क्याल्सियम, फस्फोरस, आयरन, कपर,, पोटासियम पाइन्छन् । मदिराको कुलत छाड्न नियमितरुपले करेलोको जुस खान सकिन्छ । यसरी मदिरा सेवनको लत मात्रै छुटाउँदैन बरु हाम्रो शरीरका लागि अनेक प्रकारले लाभदायक हुन्छ । यदि यसको स्वाद ठीक पार्न दुध मिसाउन सकिन्छ ।

Classic Tech Desktop

२. फलफूलको शर्वत जुस :
फलफूलहरुको जुस सेवन गर्नु त्यसै पनि हाम्रो सम्पूर्ण शारीरिक स्वास्थ्यको लागि लाभदायक हुन्छ । फलफूलहरुमा पाइने विटामिन एवम् खनिजहरु हाम्रो शरीरका लागि धेरै आवश्यक हुन्छ । जसलाई हामी फलफूको माध्यमबाट प्राप्त गर्न सक्दछौं । यदि मदिरा दुव्र्यशन भएको मानिसले सुन्तला,स्याउ, अनार जस्ता फलफूलहरुको ताजा जुस १०–१५ दिनसम्म निरन्तर सेवन गर्ने हो भने मदिराको लत लागेको छ भने हराएर जाने वा मदिरा सेवन गर्ने तलतल लाग्ने छैन तर बजारमा उपलब्ध बोतलबन्द पोलिप्याकमा उपलब्ध फलफूलकै भनिएको जुसको त कुनै भर भएन ।

३. अंगुर खानुस :
एन्टीअक्सिडेन्टले भरपुर अंगुर स्वास्थ्यका लागि लाभकारी फल मानिन्छ । अंगुरमा विटामिन ए–के–सी को साथसाथै विटामिन–६ पाइन्छ । अंगुर पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, सोडिएम जस्ता खनिजहरुले भरपुर हुन्छ । यदि तपाई मदिरा सेवनबाट मुक्ति चाहनुहुन्छ भने यसका लागि १ महिनासम्म अंगुर खानुस । यस्तो यसकारण हुन्छ कि वाइन पनि त अंगुरबाट नै बनेको हुन्छ यसैले अंगुर खाएर मदिरा सेवनको तलबाट छुटकारा पाउन सकिन्छ तर यसोगर्दा मदिरा पनि सँगै खानेचाहीँ होइन ।

४. खजुर खाने :
खजुर स्वास्थ्यका लागि लाभदायक हुन्छ यो एन्टी अक्सिडेन्ट एवम् खनिजहरुबाट परिपूर्ण हुन्छ । खजुरमा एनर्जी, पोटासियम म्याग्निसयम, जिङ्क, विटामिन–ए, विटामिन–के आदि विटामिनहरु एवम् खनिजहरु पर्याप्तमात्रामा हुन्छ । मदिरा दुव्र्यसन मुक्त आयुर्वेदिक उपायमा खजुर सेवन गर्नु धेरै नै लाभदायक हुन्छ । यसका लागि खजुरलाई पानीमा दलेर खजुरको पानी बनाउने अदि दिनमा २–३ पटकसम्म सेवन गर्ने । यो क्रम केही समयका लागि निरन्तर गर्ने हो भने मदिरा सेवनको तलबाट छुटकारा पाइने छ ।

५. जागरको जुस :
गाजरको जुसको फाइदा मस्तिष्क स्वास्थ्य सम्बद्र्धन गर्ने, प्रतिरक्षा शक्ति बढाउने, कोलेस्ट्रोल क मगर्ने, क्यान्सरबाट बचाउने, आँखालाई स्वास्थ्य राख्ने, एवम छाला सम्बन्धी समस्याहरुबाट मुक्ति पाउनका लागि जानिन्छ । गाजरमा धेरैखाले पोषक तत्व एवम् खनिज पदार्थहरुको प्रचुर मात्रामा हुन्छ जसले धेरैखाले स्वास्थ्इ समस्याहरुबाट बचाउँछ । यदि मदिरा दुव्र्यसनको कुलत लागेको छ भनी यसबाट मुक्ति पाउन गाजर रस सेवन गर्दा हुन्छ । केही दिनसम्म नियमित एक गिलास गाजरको जुस सेवन गर्नाले मदिरा सेवन गर्ने लत छुट्न सक्दछ । गाजरको जुसले पित्त श्रावलाई बढाउँछ जसले चयापचय दरमा बृद्धि गराउन सक्छ । चयापचय क्रियाले शरीरमा भोजनलाई उर्जामा परिवर्तन गर्दछ ।

६. ज्वानो :
ज्वानो एक प्रकारको विशेष मसला हो जसमा राम्रो सुगन्ध, पखदार पातहरु एवम् गाढा मसालायुक्त स्वाद हुन्छ । ज्वानोको दानामा अनेक आवश्यक खनिजहरु एवम् भिटामिनहरुको प्रचुर मात्रा हुन्छ । यसमा केही प्रोटिन, बोसो, कार्वेहाइड्रेड पनि उपस्थित हुन्छ । मदिरा दुव्र्यसनबाट मुक्ति पाउन ज्वानोको झोल प्रयोग गर्न सकिन्छ । यसका लागि एक महिनासम्म प्रतिदिन ज्वानोको झोल खानु पर्दछ । यसबाट मदिराको लतबाट मुक्ति पाइनेछ ।

७. अश्वगन्धा :
अश्वगन्धा एक प्रकारको जडिबुटि हो जसको उपयोग आयुर्वेदिक औषधिहरु गरिन्छ । यदि मदिरा दुव्र्यसनबाट मुक्ति चाहनेले यसलाई प्रयोग गर्न सकिन्छ । मुसामा गरिएको एक अध्ययन अनुसार यसको सेवन गर्नाले मदिरा सेवन गर्ने तलतल कम हुन्छ ।

८. योग :
योग आसन गरेर पनि मदिरा दुव्र्यसनबाट मुक्ति पाउन सकिन्छ । यो एउटा राम्रो आयुर्वेदिक उपाय मानिन्छ । मानिसले धेरै नै मानसिक तनाव भएको बेला यसबाट मुक्ति पाउन मदिरा सेवन गर्दछ । यो कुरा सर्वविदित छ कि मानसिक तनावलाई कम गर्नमा यो निकै प्रभावकारी हुन्छ । यसैले नियमित रुपले केहीबेरका लागि योगको विभिन्न आसनहरुको अभ्यास गर्नु पर्दछ । यसले मानिसलाई शान्त गरेर मदिराको तलतललाई नियन्त्रण गर्न सहायक हुन्छ ।


हामी सबैलाई थाहा छ कि मदिराको उपयोगले मानिसमा विभिन्न शारीरिक, मानसिक, सामाजिक एवम् आर्थिक समस्या उत्पन्न गर्दछ । यस्तोबेला यी समस्याहरुबाट बेलैमा मुक्ति पाउनका लागि हामीले झिंझो, संकोच एव्म लाज मान्नु हुँदैन । यसकालागि मनोचिकित्सक मनोविद, योग प्रशिक्षकसँग बेलैमा सल्लाह लिनुका साथै अभ्यासहरु गर्नु पर्दछ । जसलेगर्दा सहज रुपमा मदिरा दुव्र्यसनबाट मुक्ति हुनुका साथै एउटा स्वास्थ्य मर्यादित सामाजिक जीवन समनपूर्वक बाच्न सकिन्छ । यसो त प्रायजसो मदिरा सेवन सबैले गर्दछन् तर सबै दुव्यसनको दुश्चक्रमा फस्दैनन्, भनिन्छ एकपटकको दुव्र्यसनी सधैँको दुव्र्यसनी त्यसैले पुर्नस्थापनाका उपचार एवम् विधिहरुको निरन्तर आवश्यक छ । मदिरा दुव्र्यसन मुक्त भइरहने अन्यथा समस्या बल्झिन के को आइतबार ?

प्रतिकृया