• १६ असोज २०८३, शुक्रबार
  • ८ः१३ बिहान

सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट एकै दिन सेवा प्रारम्भ

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०१:४६

९ वैशाख २०७८, काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलेआफ्नो सेवाविस्तार गर्ने क्रममामिति बिहीबार (बैशाख ८)गतेदेखि थप ३ नयाँशाखासञ्चालनमाल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

National Life

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमामहेन्द्रनगर शाखा, कैलालीजिल्लाको लम्कीनगरपालिका वडा नं. १ लम्कीबजारमालम्कीशाखार बर्दियाजिल्लाको गुलरियानगरपालिका वडा नंं. ७ को गुलरिया बजारमागुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संसंघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।


२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफाआर्जन गर्न सफल भएका ेछ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुदमुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशका सुगम तथ ादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुलशाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


थप जानकारीका लागि बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंककाशाखाकार्यालयहरुमा सम्पर्क राख्न बैंक्ले अनुरोध गरेको छ ।

प्रतिकृया