• १६ असोज २०८३, शुक्रबार
  • ८ः५० बिहान

मनाङमा जीप दुर्घटना हुंंदा चालकसहित तीन जना घाइते

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०१:४०

९ वैशाख २०७९, काठमाण्डौं : मनाङको ताल डाँडामा जिप दुर्घटना भएको छ । मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो।

National Life

दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ ।


जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया