• ४ साउन २०८३, सोमबार
  • ९:५५ बेलुका

आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ : प्रचण्ड

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०५:१३

८ वैशाख २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच गठबन्धन बचाउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको कार्यक्रममा उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, ‘जरुरी पर्छ भने अलिकति लचक भएर पनि, आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ ।’


उनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नदिने अनेक षड्यन्त्र भएको र आफूहरुले असफल पारेको दाबी गरे । ‘हिजो बेलुकासम्म पनि गठबन्धन टुटाउन अनेक षड्यन्त्र भए,’ प्रचण्डले भने, ‘महानगर, उपमहानगरसम्म गठबन्धन नहोस् र फेरि प्रतिगमन गर्न पाइयोस् भन्ने षड्यन्त्र गरे ।

Kamana Sewa

तालमेलका लागि आफूले धेरै मेहनत गरेको पनि प्रच्ण्डले बताए । ‘अस्ति राति तीन बजेसम्म बसियो । हिजो पनि दिनभरि बसेर महानगर र उपमहानगरमा सर्वसम्मति गरियो । धेरै ठूलो मेहनत र छलफलपछि महानगर र उपमहानगरमा तालमेल गरिएको छ’ उनले भने ।

Classic Tech Desktop

गठबन्धनको स्थिति बिहीबारदेखि स्पष्ट भइसकेको भन्दै प्रचण्डले अब संघीय चुनावसम्मै जाने दाबी गरे । ‘गठबन्धन कायम रहन्छ र गठबन्धनले देशलाई पार लगाउँछ भन्ने कुरा जनतालाई विश्वास भएको छ,’ उनले भने ।


अहिले माओवादीको नीतिकै वरपर राजनीति केन्द्रित भएको भन्दै प्रचण्डले संघीय चुनावपछि देशको नेतृत्व लिने समेत दाबी गरे । ‘यो देशको नेतृत्व लिनलाई माओवादीलाई कसैले रोक्न सक्ने छैन । हेर्नुहोला आउने प्रदेश र संघीय चुनावमा,’ उनले भने, ‘हुन त राजनीतिक रुपमा अहिले पनि हामी केन्द्रमा छौं ।’

प्रतिकृया