• ४ साउन २०८३, सोमबार
  • ३:२५ बिहान

महानगरको उम्मेदवार टुंगो लगाउन काँग्रेसले बोलायो बैठक

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०५:३१

काँग्रेस

८ वैशाख २०७९, काठमाण्डौं : नेपाली कांग्रेसले महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।


पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

Kamana Sewa

कांग्रेसले गठबन्धनमा तालमेलअनुसार काठमाडौं, ललितपुर र विराटनगरमा मेयर भाग पाएको छ भने चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको छ । ती सबै स्थानमा शुक्रबारको बैठकबाट उम्मेदवारको टुंगो लगाइने कांग्रेसको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया