• २३ भदौ २०८३, मंगलबार
  • १०ः२६ बिहान

स्थानीय तह निर्वाचनमा पत्रकार उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०४:४६

८ बैशाख २०७९, काठमाडौं : नेपाल पत्रकार महासंघले यहि ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पत्रकार उम्मेदवार बने पत्रकार महासंघको सदस्यता स्वत खारेज हुने बताएको छ । महासंघले उम्मेदवार बन्नेलाइ महासंघको सदस्यर्ता त्याग्न आग्रह समेत गरेको छ ।

National Life

महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरेर महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेका हुन् ।


बिहीबार भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बसेको पाँचौं पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आह्वान गरिएकाे छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने बैठकले निर्णय गरेको महासचिव पुरीले जानकारी दिए ।


उनका अनुसार निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिइएको छ ।

प्रतिकृया