• २० भदौ २०८३, शनिबार
  • ११ः०९ राती

डब्लूएचओका महानिर्देशक आज नेपाल आउँदै

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार १०:३५

८ बैशाख २०७९, काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदै छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज नेपाल आउन लागेका हुन् ।

National Life

उनी नेपालमा तीन् दिने भ्रमणको लागि आउने भएका छन् । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।


परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक टेड्रोसका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी पनि नेपाल आउनेछन्।

Classic Tech Desktop

प्रतिकृया