• २८ भदौ २०८३, आइतबार
  • ११ः४५ बिहान

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०६:४३

८ बैशाख २०७९, काठमाडौँ : स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले हानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ।

National Life

विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी ९जसपा०लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ।


महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया