• २६ भदौ २०८३, शुक्रबार
  • १ः२६ दिउँसो

युक्रेनलाई दिएका सबै हतियारको विवरण सार्वजनिक नगरेको जर्मनीको खुलासा

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०५:१७

७ बैशाख २०७९, काठमाडौं : युक्रेनलाई हतियार उपलब्ध गराएकोबारे सबै जानकारी सार्वजनिक नगरिएको जर्मनीले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार जर्मन विदेशमन्त्री अन्नालिना बारबोकले युक्रेनलाई जर्मनीले उपलब्ध गराएका सबै हतियारको विवरण सार्वजनिक नगरिएको बताएकी हुन् ।

National Life

‘हामीले ट्यांकभेदी क्षेप्यास्त्र, स्टिङ्गर र सार्वजनिक रुपमा घोषणा नगरिएका अरु सामानहरू प्रदान गरेका छौँ ।’ बाल्टिक मुलुक लात्भियाको राजधानी रिगामा लात्भियन समकक्षीसँगको भेटमा उनले भनिन् ।


यसबाहेक उनले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रणाली प्रदान गर्न र ती सामग्री सञ्चालन गर्नका लागि तालिम दिन जर्मनी तयार रहेको बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जर्मनीले युक्रेनलाई अत्याधुनिक प्यान्जरहउबाइत्ज २००० तोपखाना प्रणाली पनि सहयोग गर्न लागेको हो भन्ने प्रश्नमा उनले साझेदारहरूले हतियार सहयोग गरेको खण्डमा वा युक्रेनले सीधै खरिद गरेको खण्डमा जर्मनीले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रयोग गर्ने तालिम दिने बताइन् ।

प्रतिकृया