• २३ भदौ २०८३, मंगलबार
  • १ः०५ राती

म्यान्चेस्टर युनाइटेडमाथि सानदार जित निकाल्दै लिभरपुल शीर्षस्थानमा

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०७:००

७ बैशाख २०७९, एजेन्सी : म्यान्चेष्टर युनाइटेडमाथि सानदार जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा मंगलबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि ४–० को सानदार जित निकालेको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे।

National Life

खेलको पाँचौ मिनेटमा सलाहको पासमा डियाजले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। त्यसपछि २२ औं मिनेटमा मानेको पासमा सलाहले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २-० को अग्रता दिलाए। दोस्रो हाफमा पनि लय जारी राखेको लिभरपुलले थप दुई गोल गर्‍यो। खेलको ६८ औं मिनेटमा डियाजको पासमा मानेले गोल गर्दै लिभरपुललाई ३-० ले अघि बढाए। त्यसपछि खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को स्पष्ट जित दिलाए।


यो जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ। तेस्रो स्थानमा रहेको चेल्सीको एक खेल कम खेल्दै ६२ अंक छ। हारसँगै चौथो स्थानको टोटेनह्याम हटस्परसँग अंक बराबरी गर्ने मौका गुमाएको युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैठौं स्थानमा यथावत रहेको छ। टोटेनह्यामको ३२ खेलबाट ५७ अंक हुँदा पाँचौ स्थानको आर्सनलको ५४ अंक छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया