• २२ भदौ २०८३, सोमबार
  • २ः०८ राती

श्रोत नखुलेको भारतीय रूपैयाँ सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०१:०५

५ बैशाख २०७९, काठमाण्डौं : बिराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँ सहित प्रहरीले एक जनालाई शनिबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् ।

National Life

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नरेश कुमारलाई ईलाका प्रहरी कार्यालय
रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको नगद सहित फेला पारी
पक्राउ गरेको जनाइएको छ ।


उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा
बुझाएको प्रहरी जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया