• 8:31 am

राजधानीको नयाँ बजारमा डेकोरेशन शोरुम सञ्चालनमा

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०७:१४

१ बैशाख २०७९, काठमाडौँ : राजधानीको नयाँ बजारमा नयाँ वर्षको दिनदेखि डेकोरेशनसम्बन्धी शोरुम ‘डेकोर प्यालेसु सञ्चालनमा आएको छ । प्रतिनिधिसभाका सांसद मोहन आचार्यले एक कार्यक्रमकाबीच बिहीबार शोरुमको उद्घाटन गरेका हुन् ।


प्रतिस्पर्धी बजारमा नयाँ किसिमबाट ग्राहकको सेवालाई ध्यान दिँदै डेकोरेशन शोरुम सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक सरोज अधिकारीले बताए । नयाँ वर्षसँगै २० प्रतिशत ओपनिङ अफर समेत रहेको अधिकारीको भनाइ छ । बजारलाई ध्यान दिँदै नेपाली उत्पादनलाई प्राथमिकता दिने र उच्च गुणस्तरीय सामाग्रीहरु बिक्री वितरणलाई प्राथमिकता दिने उद्देश्य रहेको उनको भनाइ छ ।


‘प्रतिष्पर्धी बजारमा नेपाली प्रोडक्टलाई उच्च प्राथमिकता राख्दै देश तथा विदेशका उच्च गुणस्तरीय कार्पेट, पर्दा, बेडसिट, म्याटरेस, पार्केट तथा घर र अफिसमा डेकोरेशनका लागि चाहिने हरेक सामाग्री उपलब्ध हुनेछ । साथसाथै हामीले ५ सय भन्दा बढी आइटमका पर्दाहरु र अन्य नयाँ सामाग्रीहरुलाई प्राथमिकता दिइ ग्राहकमैत्री वातावरणमा शोरुम सञ्चालनमा ल्याएका हौँ,’ अधिकारीले भने । डेकोरेशन शोरुम करिब डेढ करोड लगानीमा सञ्चालनमा आएको बताइएको छ ।

प्रतिकृया