• १६ असोज २०८३, शुक्रबार
  • १०ः२७ बिहान

लक्ष्मी ल्युबद्वारा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०७:१९

१ बैशाख २०७९, काठमाडौँ : लक्ष्मी ल्युव आयलले काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न गरेको छ । मंगलबार भएको कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रिया गरिएको कम्पनीले जनाएको छ । महाराजगन्जदेखि कलंकी एरीयाका लागि गरिएको उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित बिभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी दिइएको थियो ।

National Life

सुनकोशी इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर रामशरण कार्कीको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल सिवाकोटी, प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र लक्ष्मी ल्युव आयलका विजनेस हेड रविन्द्र उपाध्याय रहेका थिए । सो क्रममा सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्बजनिक गरिएको थियो ।


लक्ष्मी ग्रुप अटोमोटिभ्स डिभिजन हुन्डाई, बि.एम.डब्ल्यू, एस।एम।एल।ईसुजु, हिड्रोमेक , हिरो ईलेक्ट्रिक, टाटा ग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिज जस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारीक विक्रेताको रुपमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया