• २२ साउन २०८३, शुक्रबार
  • १०:१० बिहान

फिलिपिन्स आँधी अपडेट : मृत्यु हुनेको संख्या १ सय २३ पुग्यो

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०१:२५

१ बैशाख २०७९, काठमाडौं : फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय २३ पुगेको छ। सिंगापुरबाट प्रसारण हुने च्यानल न्युज एसिया सिएनएले जनाएअनुसार मेगी नामक आँधीपछि निम्तिएको विनाशका कारण अरु २ सय ३६ जना घाइते भएका छन् ।


मृत्यु हुनेमध्ये अधिकांश बेबे शहर र आसपासका रहेको जनाइएको छ । बेबे शहर र आसपासका क्षेत्रमा मात्रै ८६ जनाले ज्यान गुमाएका छन् । आँधी प्रभावित १ लाख ६२ हजार विस्थापित भएको र अरु ४१ हजार आफन्तको शरणमा रहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएले जनाएको छ ।

Kamana Sewa

आइतबार ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको लेटे प्रान्तमा सबैभन्दा नराम्रो विनाश निम्त्याएको बताइएको छ । सिएनएका अनुसार फिलिपिनी सेनाले खोजी र उद्धार कार्यलाई नरोक्ने दृढता व्यक्त गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै फिलिपिनी सेनाको बेबे शहरमा रहेको सैनिक एकाइले ‘खोजी, उद्धार र पुनःसंरचनाको अभियानलाई निरन्तरता दिने’ जनाएको हो ।

Classic Tech Desktop

७ हजार ६ सयभन्दा धेरै टापुहरु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष २० भन्दा धेरै आँधी आउने बताइन्छ ।

प्रतिकृया