• २४ साउन २०८३, आइतबार
  • ८:०२ बेलुका

महिला अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित प्रदेश मन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०२:३८

३० चैत्र, २०७८ काठमाण्डौं : महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले महिला अधिकार सुनिश्चित गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेको जनाइएको छ ।


विद्यालयमै महिलाहरू असुरक्षित रहेको कुरा उल्लेख गर्दै समतामूलक समाज निर्माण गर्न माग गरेका छन् । समाजमा रहेको असमान शक्तिको सम्बन्धमा परिवर्तन गर्नका लागि सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्ने भएकाले हिंसा न्यूनीकरण गर्नका लागि कानुन निर्माणमा जोड दिनुपर्ने ओरेक मोरङकी कार्यक्रम अधिकृत गोमा भण्डारीले जानकारी दिए ।

Kamana Sewa

ओरेक, एबिसी नेपाल, सिविन नेपाल, नारी विकास, इन्सेक, कोकुन, डब्लुएचआर र माइती नेपालद्वारा संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा संविधान प्रद्धत विभेद, शोषण र हिंसामुक्त जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरिएको छ । हिंसा प्रभावितहरुले पनि आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने माग गर्दै राज्यले व्यवस्था गरेको लैङ्गिक हिंसा निवारण कोषलाई प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ ।

Classic Tech Desktop

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कमा आर्थिक वर्ष २०७७/७८ मा ८ सय ४६ यौनजन्य घटना दर्ता भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जसमध्ये ५ सय ९० घटना बलात्कार र १ सय ७० घटना बलात्कार प्रयासका घटना रहेका छन् । चालु आर्थिक वर्षमा भने फाल्गुण महिनासम्म ४ सय १२ घटना दर्ता भएको उल्लेख गरिएको छ ।

प्रतिकृया