• २० भदौ २०८३, शनिबार
  • १२ः३८ राती

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा आकर्षक छुट

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०४:३७

२४ चैत २०७८, काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले हिमाल डेन्टलमा डेन्टलमा विशेष छुट पाउने भएका छन् । यस छुटका लागि बैंकले काठमाडौंको धुम्बाराहीमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिसंग सम्झौता गरेको हो ।

National Life

यस सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया