• १६ असोज २०८३, शुक्रबार
  • १२ः३३ दिउँसो

बुचामा रुसी सैनिकले ३२० जनाको गोली हानी हत्या गरेको मेयरको दाबी

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार १०:३६

२३ चैत्र २०७८, काठमाडौँ : युक्रेनको बुचा शहरका मेयरले रुसले आफ्नो कब्जाका बेला बुचामा लगभग ३२० जनाको गोली हानी हत्या गरेको बीबीसीलाई जानकारी दिए छन् ।

National Life

बीबीसीको कार्यक्रम वर्ल्ड टुनाइटमा बुचाका मेयर एनाटोली फेदोरुकले उनी आफैंले रुसी सेनाले थुप्रैको हत्या गरेको आफ्नै आँखाले देखेको सुनाए ।


फेदोरुकले भने, ‘सर्वसाधारणको तीनवटा कार किभतर्फ जाने कोसिस गरिरहेको थियो र त्यति नै बेला उनीहरुलाई गोली हानी हत्या गरियो । तीमध्ये एउटा कारमा एक गर्भवती महिला पनि थिइन् जसका श्रीमानले ‘उनलाई गोली नहान’ भनेर चिच्याइरहेका थिए । तर उनीहरुले केही कुरै नसुनी गोली हाने ।’

Classic Tech Mobile
Classic Tech Desktop

फोदोरुकले रुसी सेना कब्जाका बेला स्थानीय राजनेतालाई खोजिरहेको पनि आरोप लगाएका छन् । रुसी विदेशमन्त्री सर्गेई लावरोफले रुसका सैनिकको तर्फबाट गरिएको युद्ध अपराधको आरोपको खण्डन गरे ।


फोदोरुकले लावरोफको यो बयानमा भने, ‘म चाहन्छु कि उनीहरु बुचा शहर आउन्, शव हेरुन्, उनका परिवार, आमा, श्रीमतीको आँखामा हेरुन्, ती बच्चाको आँखामा हेरुन् जो अनाथ भएका छन् ।’ (एजेन्सी)

प्रतिकृया