• १९:५३ २०८० चैत्र १५ गते
  • 7:53 pm

चट्टान आरोहण गराउन सिकाउँंदै सगरमाथा आरोही कल्पना

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ०७:४७

277693008 775339266716512 1792807603442554732 n

२२ चैत्र २०७८, काठमाडौँ : साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो ।


तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन् ।
तालिमको आयोजना याम बहादुर (कमल) फाएडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन् ।


एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ । तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।


पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम नगरपालिका । इलाम नगरपालिका १७३.३२ वर्ग कि।मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ

प्रतिकृया