• २९ भदौ २०८३, सोमबार
  • ४ः३३ बिहान

खेलकुद मन्त्री गहतराजद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ०१:२०

२२ चैत्र २०७८, काठमाडौँ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन्।

National Life

मन्त्री गहतराजले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।”


नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री गहतराजले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया