• २६ भदौ २०८३, शुक्रबार
  • ३ः१९ राती

नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएर मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ११:१२

२२ चैत्र २०७८, काठमाडौँ : नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।

National Life

जहाजमा खरायो ठोक्किए र मृत्यु भएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले जानकारी दिए ।


नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो । धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया