• ४ साउन २०८३, सोमबार
  • ८:०१ बेलुका

अवैध लागुऔषध सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ०५:०५

२१ चैत २०७८, काठमाडौं : भक्तपुर, सूर्यविनायक नगरपालिका ५ कटुन्जेबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५८ वर्षीय दिनेश ढुंङ्गेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।


मकवानपुर, मनहरी गाउँपालिका ६ लोथरबाट करिब ९० किलोग्राम अवैध लागुऔषध गाँजा सहित भारत मोजफपुर बस्ने ३५ वर्षीय असगर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिआर २५ जिए ३०९२ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकभित्र उक्त गाँजा फेला पारी ट्रक चालक असगरलाई पक्राउ गरेको हो ।

Kamana Sewa

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया