बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई Hotel Adam पोखरामा २०% छुट
प्रकाशित मिति
२०७८ चैत्र २० गते, आईतवार ०४:४९
२० चैत २०७८, काठमाडौं : बैंक अफ काठमाण्डू लिमिटेड र Hotel Adam पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौतापश्चात् ग्राहक महानुभावहरुले Hotel Adam पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २०% छुट पाउने बैंकले जनाएकोे छ । बैंकका अनुसार उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । ज्यतभ िब्मबm ले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।





प्रतिकृया