• 4:47 pm

अवैध लागूऔषध सहित ६ जना पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०४:३५

० चैत २०७८, काठमाडौं : अबैध लागुऔष्धसहित देहका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् ।रुपन्देही, देवदह नगरपालिका(१० आसाम टोलबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी रहेका छन् । अस्थाई प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।


कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ जहदीबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने २७ वर्षीय लक्ष्मण पन्थी र सोही ठाउँ बस्ने ३५ वर्षीय दुर्गा राना मगर रहेका छन् । भे.५ प ५१६० नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट करिब ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय प्रबिन तामाङ र सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा रहेका छन् । बा.८६ प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया