• १६ असोज २०८३, शुक्रबार
  • ३ः०६ राती

रियलको जितमा बेन्जेमाको दुई गोल

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०६:५९

२० चैत्र २०७८, एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । करिम बेन्जेमाको दुई गोलको सहयोगमा लिडर रियल मड्रिडले सेल्टा भिगोमाथि २–१ गोलको जित निकालेको हो । सेल्टाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जेमाले दुई गोल गरे ।

National Life

उता सेल्टाका लागि नोलिटोले एक गोल फर्काए । खेलको १९औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा सेल्टाका लागि नोलिटोले बराबरी गोल फर्काए । ६९औँ मिनेटमा बेन्जेमाले रियलका लागि पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।


जितसँगै शीर्ष स्थानमा रहेको रियलको ३० खेलबाट ६९ अङ्क जोडेको छ । रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई १२ अङ्कले पछि पारेको छ । पराजित सेल्टा ३६ अङ्क जोडेर ११औँ स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया