• 4:27 pm

अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै

प्रकाशित मिति

२०७८ चैत्र १९ गते, शनिबार ०९:१३

१९ चैत्र २०७८, काठमाडौँ : त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ । अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ ।


आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ। आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ ।

प्रतिकृया