• 12:19 pm

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाद्धारा पीएनजीलाई १ सय ९७ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०२:५६

१८ चैत २०७८, काठमाण्डौं : त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यू गिनी पीएनजीलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।


काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको हो ।


मलेसियाका लागि सिड अजीजले ६४ रन र अहमद फैजले ६३ रन बनाए । मलेसियालाई उच्च योगफल बनाउनबाट रोक्न पीएनजीका लागि काबुआ मोरियाले ४ र रिले हेकुरेले १ वीकेट लिएका हुन् ।

प्रतिकृया