• १६ असोज २०८३, शुक्रबार
  • ४ः२१ बिहान

आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०७:०३

१६ चैत्र २०७८, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ। मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो।

National Life

राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनायो। हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय इनिङ खेले। उनको अर्धशतकीय इनिङले टिमलाई जित दिलाउन सकेन। उसका लागि वासिङ्गटन सुन्दर ४० र रोमारियो शेफर्टले २४ रन बनाए।


राजस्थानका युजभेन्द्र चाहलले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले दुईदुई विकेट हात पारे। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २१० रन बनाएको थियो। राजस्थानका कप्तान सन्जु सामसनले ५५ रनको अर्धशतकीय इनिङ खेले। देबदुत पडिकलले ४१, जोश बट्लरले ३५, शिम्रन हिटमयेरले ३२ रन जोड्दा यासभी जैशवालले २० रन बनाए।

Classic Tech Mobile
Classic Tech Desktop

हैदरावादका टी नटराजन र उम्रान मलिकले दुईदुई विकेट लिए। जितसँगै राजस्थानले दुई अंक जोडेको छ।

प्रतिकृया