• १७ असोज २०८३, शनिबार
  • १२ः४९ दिउँसो

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल (भिडियो सहित)

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०७:०३

१५ चैत्र २०७८, काठमाडौँ : परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने दाबी गरेका हुन्। उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखे ।

National Life

डा। बरालले नेपाल–भारत सम्बन्ध भन्नेबित्तिकै यसका बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे। भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाइ छ । त्यस्तै बरालले भारतसँगको सन्धि नै असमान रहेको र यसलाई परिवर्तन गर्नुपर्छ भन्नेहरु पनि प्रधानमन्त्री भएर आएको तर उनीहरुले परिवर्तन गर्न नसकेको जिकिर गरे।


बरालले अब नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएको सरह रहेको टिप्पणी गरे। अहिलेको परिवेशमा अरु मुलुकको पनि सक्रियता बढेकोले नेपालले पनि आफ्नो रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया