• १७ असोज २०८३, शनिबार
  • २ः५२ दिउँसो

समृद्धि फाइनान्समा खाता खोल्दा मोबाइल सिम सित्तैमा

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०७:२४

१५ चैत्र २०७८, काठमाडौँ : समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित स्किम ल्याएको हो । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को ब्यालेन्स सित्तैमा पाउँनेछन् ।

National Life

नयाँ ग्राहकहरुलाई आकर्षित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५५, र बचत निक्षेपमा अधिकतम ११५ सहित व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ ।


फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया